Key: E
BPM: 120
सवलाई रिझाऊँ भन्दा पसलमा बेचिएछु
मेरो कोही भएन सवैको म भएछु
सवलाई रिझाऊँ भन्दा
भत्केको गोरेटोमा लाखौं अभागी हिड्छन्
सवलाई बाटो दिंदा म भीरमा खसेछु
भत्केको गोरेटोमा लाखौं अभागी हिड्छन्
सवलाई बाटो दिंदा म भीरमा खसेछु
सवलाई उठाउंm भन्दा आपैm पो टेकिएछु
मेरो कोही भएन सवैको म भएछु
सवलाई रिझाऊँ भन्दा
पहाडको मुटु छोए साँच्चै नै ढुंगा रैछ
उम्लाऊ खून भनेको मेरै मुटु फुटेछ
पहाडको मुटु छोए साँच्चै नै ढुंगा रैछ
उम्लाऊ खून भनेको मेरै मुटु फुटेछ
जाडोले कक्रीएका मेरो प्यारो प्यारो सन्तान
सवलाई तताऊ भन्दा मेरो घर पो सल्किएछ
मूर्दा जलाउं भन्दा आफै पो तर्र्सिएछु
मेरो कोही भएन सवैको म भएछु
सवलाई रिझाऊँ भन्दा