Sunita


Key: Ab
BPM: 176


मेरो साथीको आँखा नीला नीला
टहटह ताराले भरेको नानी उसको
कांधमा फूल

बालमा अड्केको धूलो मा
लड्दै सर्छिन् साथी अघि अघि
रुमाल लुकाउँने खेल खेल्दै
सिक्छिन् नयाँ नयाँ चालहरु
अनि बोलाउँछे सबैलाई
नचाउँन हामीलाई

अनि घामको तापमा हामीसँगै दौडिन्छौँ
पीपल बोटको काँखमा
खाजा खाँदै बिसाउँछौँ
हावाको कुराकानीमा भुल्लेर छिन्छिन् मै रिसाउँछौँ

कानेखुसी दालभात मासु हड्डी कट्टी
भोलि मेरो छुट्टी मकै भुट्टी
पालेदाईको टुप्पी

यिनै तरेलीहरु मलम बनेर घाउ सेलाउँला
तिमीनै नैमै भुलेर गीत बनी म सेलाउँछु
कलकल पानीको माथि माथि
कागजले बेरेको हाम्रो नाउँ
परालले सेकेको त्यो छाउँ
कागजले बेरेको हाम्रो नाउँ

मेरो साथीको आँखा नीला नीला
टहटह ताराले भरेको नानी उसको
कांधमा फूल
बालमा अड्केको धूलो

More posts