Mero Priye

Key: Db
BPM: 94


मेरो प्रिय, मेरो सबै थोक
मेरो हासो ओखति र रोग
मेरो रुवाई, उतेजना र शोक
मेरो नर्ग र मेरो स्वर्गलोक
मलाई याद आउछ ती दिन
पर्खि बसन एकैछिन
र नछोड समातिराखेको हात
टुंगाउन तिम्रो बात

भन मलाई बिछोडको वेदना
यो लत्रिएको भावना
यो मुटु सम्हालेर राख्न
कति गाह्रो हो
तिम्रो उदासिपनको प्रेरणा
को दोषी मै हो हैन र
मलाई थाहा छ नसम्झाउन
म सिद्ध छैन

होला तिम्रो ठुला ठुला सोच विचार
छाडी जाने संसार
जहाँ जुन रमाउछ अस्ताउदा घाम
तर मेरो त संसार तिमि हौ
भन म भागि कहाँ जाउ
जब तिमि नै हौ मेरो पूर्णविराम

मेरो प्रिय, मेरो सबै चिज
मेरो गर्व, मेरो चोखो आरिश
मेरो शर्म, मेरो अमृत र विष
मेरो सपना को दौतरी
मलाई याद आयो ती दिन
पर्खि बसेनौ एकैछिन
र छोडिगयौ समातेको हात
टुंग्याएनौ तिम्रो बात

More posts